गैंडाकोटमा स्कुटी चलाएका युवक जसले अस्पताल जान नपाइ ज्यान गुमाउनु पर्यो

गैंडाकोटमा स्कुटी चलाएका युवक जसले अस्पताल जान नपाइ ज्यान गुमाउनु पर्यो

पुस २०, नवलपरासी । बिहिबार नवलपरासीको बर्दघाट सस्ता पूर्व गैंडाकोट नगरपालिका १५ अमरापुरीको झराहिखोलामा मोटरसाईकललाई ट्रकले ठक्कर दिदा एक जनाको घटना स्थल मा नै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय गैडाकोटले दिएको जानकारी अनुसार पुर्वबाट पश्चिम आउदै गरेको ना २७ प ७३९२ नम्बरको स्कुटीलाई विपरित दिशाबाट गैरहेको ना ६ ख ४२७० नम्बरको ट्रकले ठक्कर दिदा देवचुली नगरपालिका १४ का २२ वर्षका मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले केहिवेर सडक जाम गरेर प्रदर्शन समेत गरेका थिए । पछि प्रहरीसंगको छलफलपछि सडक खुलेको प्रहरीले जनाएको छ ।