दोस्रो गैँडाकोट महोत्सवको मूल गेटमा मौलाकालिका मन्दिरको आभाष

दोस्रो गैँडाकोट महोत्सवको मूल गेटमा मौलाकालिका मन्दिरको आभाष


गैँडाकोट, २१ पौष । यही पौष २७ देखि माघ ८ गतेसम्म गर्न लागिएको दोस्रो गैँडाकोट महोत्सवको मूल प्रवेशद्धार मौलाकालिका मन्दिर जस्तो हुने भएको छ । पहिलो गैँडाकोट महोत्सवमा पनि मौलाकालिका मन्दिरको केही छनक ल्याउन खोजिएको थियो भने । यस पटक मूल प्रवेशद्धारले मौलाकालिका मन्दिरको आभाष दिने प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभएको छ । गैँडाकोट नगरपालिकाकै पवित्र तीर्थस्थलको रुपमा रहेको मौलाकालिका मन्दिरको कलात्मक प्रवेशद्धारले गैँडाकोटको धार्मिक पर्यटकीय महत्त्वलाई अझ बढी योगदान दिने आयोजकको दाबी रहेको छ । महोत्सवमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्ष्ट्रिय उत्पादनका स्टल समेत रहने प्रचारप्रसार समितिका संयोजकसापकोटाले बताउनुभयो । महोत्सवमा पौष २७ गते देखि गैँडाकोट २ को नारायणी किनारमा हुनेछ । यसका लागि धमाधम स्टल निर्माणको काम भइरहेको छ ।