स्थायी घर नवलपरासीका कँडेलको गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लागेपछि…..

स्थायी घर नवलपरासीका कँडेलको गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लागेपछि…..

काठमाडौं, पुस २१ –

काठमाडौंको भृकुटीमण्डप अगाडि गुडिरहेको मोटरसाइकलमा एक्कासि आगो लागेको छ ।
दिउँसो सवा एक बजेतिर बा ८३ प ९२९८ नम्बरको मोटरसाइकलमा आगो लागेको हो । गुडिरहेको मोटरसाइकलबाट धुँवा निस्केपछि सडकको छेउ लगाएलगत्तै आगो दन्केको चालक राजेन्द्र कँडेलले बताउनुभयो ।
२ सय २० सीसीको पल्सरमा लागेको आगो काठमाडौं महानगरपालिकको दमकलले निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने थाहा हुन सकेको छैन । सडकमै मोटरसाइकलमा आगो लागेपछि एकछिन सवारी जाम भएको थियो ।

चालक कँडेलको स्थायी घर नवलपरासीको शिवमन्दिर –२, कावासोती हो । उहाँ बबरमहलतर्फ जादै गर्दा एक्कासि आगो लागेको थियो ।