अमरापुरी बहुउद्देश्शीय सहकारी गैडाकोट–१५, अमरापुरीको २२औं साधारण सभा सम्पन्न, आजै भएको भेलाबाट पुनः नन्दराम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन ।

अमरापुरी बहुउद्देश्शीय सहकारी गैडाकोट–१५, अमरापुरीको २२औं साधारण सभा सम्पन्न, आजै भएको भेलाबाट पुनः नन्दराम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन ।


राजन खरेल,
गैँडाकोट, २२–पौस ।


अमरापुरी बहुउद्देश्शीय सहकारी संस्था लिमिटेड गैडाकोट–१५, अमरापुरीको २२ औं साधारण सभा तथा नवौं अधिबेशन शनिवार सम्पन्न भएको छ । अधिबेशनले पुनः नन्दराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालक समिति र पिताम्बर भुषालको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति चयन गरेको छ ।  समितिको उपाध्यक्षमा श्याम बहादुर केसी, सचिव ईश्वरी सापकोटा, कोषाध्यक्ष उमानन्द चालिसे चयन भएका छन् । समितिको सदस्यहरुमा रामप्रसाद खराल, भीमा सापकोटा, डिल्लीराम पौडेल, भुपेन्द्र भण्डारी, सुमन कंडेल, श्याम नारायण ढकाल र लालमाया गुरुड्ड चयन भएका छन् । यस्तै लेखा सदस्यमा रविलाल खराल र विजय अधिकारी चयन भएका छन् ।

 

शनिबार भब्य समारोहका बिच, सिताराम गोकुल मिल्क्स प्रा.लिका प्रबन्ध निर्देशक सुमित केडियाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष नन्दराम सापकोटाको अध्यक्षतामा कार्यक्रम संम्पन्न भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी केडियाले अमरापुरी बहुउद्देश्शीय सहकारी संस्थाले दुग्ध संकलनमा उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । संस्थाका शेयर सदस्यको संम्मानका लागी नगद १० लाख रुपया र विभिन्न प्रोत्साहनका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साधारण सभामा सबै बिधामा महिला, विधार्थी, ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई सम्मान गरेको प्रति आफुले, संस्थाको समुदायप्रतिको जिम्मेबारी पुर्ण पालनाको रुपमा लिएको बताउनुभयो ।


कार्यक्रममा मन्तब्य राख्दै, जिल्ला समन्वय समिती नवलपुरका सदस्य बद्रिप्रसाद सापकोटाले यस क्षेत्रका संघ–संस्थाको हितका निम्ति जिल्ला समन्वय समितिले गहन भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा पशु सेवा कार्यलय रजहरका पशु प्राविधिक सत्यनारायण गोहित, गैडाकोट–१५ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, समाजसेवी कमलप्रसाद अधिकारी, बुद्धिप्रसाद सापकोटा, बुद्धिजिवी अगुवा दशरथ तिवारी, तेजेन्द्र प्रसाद सापकोटा, ज्ञानबहादुर पोख्रेल, यस्तै अमरापुरी खानेपानी संस्थाका अध्यक्ष भवानी प्रसाद पौडेल, सुन्दरी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चक्रपाणी खनालले शुभकामना मन्तब्य राख्दै संस्थाले कृषी र पशुपालनका क्षेत्रमा पुर्याएकोे योगदानको चर्चा गर्नुभएको थियो ।

यसअघि संस्थाका सचिव कृष्ण बहादुर पाण्डेले आर्थिक वर्ष ०७३–०७४ को प्रगति प्रतिवेदन तथा आगामी वर्ष ०७४–०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाले यस वर्षमात्र शेयर पुजीमा २४ प्रतिशतले बढाउदैं ७२ लाख ८८ हजार पुर्याएको बताउनुभएको थियो । संस्थाले गतवर्षको तुलनामा निक्षेप संकलनमा समेत क्रमश १६ र २२ प्रतिशतले बृद्धि गरेको जानकारी दिदैं आगमी वर्षमा अनुदान कार्यक्रम विउँ विजन जस्ता कार्यक्रमलाई प्रभावकारी बनाएर लग्ने जानकारी गराउनुभयो ।  कार्यक्रममा संस्थाका कोषाध्यक्ष बलराम पोख्रलेले आर्थिक वर्ष ०७३–०७४को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै यस वर्षमात्र संस्थाले कुल ४ लाख ८८ हजार नाफा गरेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न शिर्षकमा ३१ उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कृत गरिएको छ । यस्तै २ जेहेन्दार विधार्थी सहि २५ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

यसैबिच नव निर्वाचित अध्यक्ष नन्दराम सापकोटाले किसान र पशुपालक वर्गको हकहितका निम्ति उत्कृष्ट कार्यक्रमलाई आफुले केन्द्रमा राखी, सधै शेयर सदस्य लाभान्वित हुनेगरि अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।