गैँडाकोटमा पनि ‘वे ग्रुप’

गैँडाकोट । करिब दुई वर्षअघिदेखि सरसफाइलगायतका सामाजिक क्रियाकलापमा सक्रिय बन्दै आएको विआर द युथ अर्थात् वे ग्रुप ९समूह०ले शनिबार गैँडाकोटमा समिति गठन गरेको छ ।
शिवप्रसाद घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो । समूहका सदस्यहरूमा अमृत पौडेल, दीपसन पौडेल, एञ्जल चौतारे मगर, शिरिष श्रेष्ठ, सुशीला श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ, संजिव भण्डारी, केशव रानाभाट र रोशन मगर रहेका छन् ।
भरतपुर महानगरपालिकालाई सरसफाइ मात्रै नभई गुट्खामुक्त बनाउनुपर्छ भनेर वे ग्रुप ९समूह०कै नेतृत्वमा अभियान चलाइरहँदा छिमेकी जिल्लामा पनि समूह गठन हुनुले समूहलाई थप उर्जा मिलेको अभियान्ताहरूले बताएका छन् । भरतपुरको लंकूबाट सुरू भएको अभियान विस्तारै देशका अन्य जिल्लाहरूमा पनि विस्तार हुने समूहका सदस्य भोजनारायण कँडेलले बताए ।
गैँडाकोटमा गठन भएको नयाँ समितिले शनिबारदेखि नै सरसफाइको काम सुरू गरिसकेको छ । पहिलो शृङ्खलाअन्तर्गत शनिबार गैँडाकोटको भृकुटीचोक आसपासमा सरसफाइ गरेको समूहका संयोजक घिमिरेले बताए । गैँडाकोट क्षेत्रलाई पनि पूर्णरूपमा सरसफाइयुक्त नगर बनाउनका लागि काम थालिएको घिमिरेको भनाइ छ ।

The post गैँडाकोटमा पनि ‘वे ग्रुप’ appeared first on चितवन पोष्ट.