गैँडाकोट १८ आहालेमा गैँडाको आक्रमणबाट एकजना घाईते

गैँडाकोट १८ आहालेमा गैँडाको आक्रमणबाट एकजना घाईते


राजन खरेल,
नवलपुर, २३ पौस ।

गैँडाकोट नगरपालिकाको वडा नम्बर १८, आहालेमा गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् । गैँडाको आक्रमणबाट ७५ वर्षीय जेष्ठ नागरिक भविश्वर सुनारी गम्भीर घाइते भएका हुन् । आइतबार विहान आफ्नै बारीमा काम गर्न गएको बेला गैँडाले आक्रमण गरेको थियो । उनको टाउको खुट्टा, मुख र शरीरका विभिन्न भागमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख दिवश जि.शीले बताउनुभएको छ ।

पछिल्लो समय गैडाकोटमा लगातार गैडाले आतंक मच्चाउदै आइरहेको छ । गैँडा आतंकबाट नगरपालिका भित्रका विभिन्न वडाका नगरबासी आतंकित बन्दै गएका छन् । खासगरि मध्यवर्ती क्षेत्रका बासिन्दाहरु गैँडा आतंकका कारण त्रासमा बाच्नुपरेको गुनासो गर्दै आएका छन् । गैडाकोटका कृषकहरुलाई समेत खेतीबाली नष्ट पारी नोक्सानी पुर्याइरहेको गैडाले आइतबार मानवीय क्षती समेत पुर्याएको छ । गैडा नियन्त्रणका लागी केही हात्ती ल्याएर करिब १५ दिन गैडाकोट क्षेत्रमा राखी गैडा नियन्त्रण गर्न खोजेपनि प्रभावकारी रुपमा नियन्त्रण हुन सकिरहेको छैन । चितवन राष्ट्रिय निकुञ्ज हुदै दिनहु गैडा बस्ती पसी जनधनको क्षती पुर्याइरहदा गैडाकोट बासी चिन्तित र त्रसिद देखिएका छन ।

यता गैडाकोट नगरपालिकाले भने नियन्त्रणमा कोशिश गरिरहेको र केन्द्र बाटै बजेट ल्याएर भएपनि गैडा नियन्त्रण दिर्घकालीन रुपमा गर्न खोजेको गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताउनुभएको छ । उता चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती प्रशासनले भने उचित प्रयास नगरेको स्थानियले बताउदैं आएका छन् ।

Photo : File