रत्ननगरमा रक्तदान

रत्ननगर । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा शनिबार रत्ननगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी प्रमुख अतिथि रहेकी थिइन् । दुवाडीले कार्यक्रम संयोजक विश्वनाथ सापकोटालाई व्याग दिएर उक्त कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।
रत्ननगरको टाँडी चोकमा भएको रक्तदान कार्यक्रममा दुई महिलासहित ४७ जनाले रगत दिएको अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रम संयोजक सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख दुवाडीले रक्तदान गरेर समितिले ठूलो मानवीय काम गरेको भन्दै आगामी दिनमा पनि सामाजिक काममा निरन्तरता हुने विश्वास व्यक्त गरिन् ।

 

The post रत्ननगरमा रक्तदान appeared first on चितवन पोष्ट.