पत्रकार भट्टराईलाई पितृशोक

भरतपुर । चितवन पोष्ट दैनिकका उपसम्पादक तथा पत्रकार महासंघ चितवनका प्रदेश पार्षद केशव भट्टराईलाई पितृशोक परेको छ ।
क्यान्सर रोगबाट पीडित उनका बुबा ६४ वर्षीय घनश्याम भट्टराईको सोमबार दिउँसो आफ्नै निवास रत्ननगरको सौराहाचोकमा निधन भएको थियो । स्वर्गीय भट्टराईका दुई छोरा र एक छोरी रहेका छन् ।

 

The post पत्रकार भट्टराईलाई पितृशोक appeared first on चितवन पोष्ट.