महोत्सव जुध्दा मह¤व घट्ने सम्भावना

बसन्त पराजुली
भरतपुर । रत्ननगर र गैँडाकोटबीचको झण्डै ५ किलोमिटरको फरकमा दुई ठूला महोत्सव एकै दिनबाट सुरू हँुदै छन् ।
माघेसंक्रान्तिको अवसरमा सुरू गर्न लागिएको रत्ननगर महोत्सव र गैँडाकोट महोत्सवले एक अर्कालाई असर गर्ने देखिन्छ । ‘महोत्सवहरु सामान्यतया एकै किसिमका हुन्छन् । एउटै दर्शक भएका ठाउँमा एकै पटक दुई महोत्सव सुरू हँुदा यसले राम्रो भन्दा पनि नकारात्मक प्रभाव धेरै पार्छ’, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले भने, ‘महोत्सव नजुधाएको भए राम्रो हुने थियो ।’
रत्नगर महोत्सव टिकौली जंगल नजिकैको खुला चौरमा आयोजना हँुदै छ भने गँैडाकोट महोत्सव नारायणी नदी किनारमा गरिँदै छ । पुस २७ गतेबाट हुने दुवै महोत्सवको उद्देश्य व्यवसायिक र कृषिको प्रवद्र्धन गर्नु हो । यदि दुवै महोत्सवको एकै किसिमका उद्देश्य र प्रदर्शनी वस्तुहरु रहने भएपछि तीनका दर्शक पनि एकै हुन् ।
‘महोत्सवले सबैभन्दा बढी दर्शकमा प्रभाव पार्छ’, गौतमले भने, ‘चितवन र गैँडाकोट नजिकै रहेका कारण पनि एक अर्का प्रति सहयोगी हुनु जरूरी थियो तर त्यो हुन सकेन ।’ पूर्वी चितवनको रत्ननगरमा हुने रत्ननगर महोत्सवको ९० प्रतिशत तयारी पूरा भइसकेको छ ।
रत्ननगर महोत्सव मूल समारोह समितिका संयोजक राजाराम रेग्मी दुवै महोत्सव एकै पटक सुरु हँुदैमा त्यसले एकले अर्कोलाई असर नपर्ने दाबी गर्छन् । ‘यस पटकको महोत्सवमा कृषिको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । कृषिको विकास र विस्तारको लागि यसपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँग सहकार्य गरिएको छ’ संयोजक रेग्मीले भने, ‘प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक मह¤वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य राखिएको छ ।’
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिब ४५० वटा स्टल रहने पनि उनले जनाए ।
यता गैँडाकोट महोत्सव मूल समारोह समितिका संयोजक अमृत भट्टचनले पनि महोत्सव जुध्दै गर्दा यसले निश्चय नै एकले अर्कोलाई असर गर्ने स्वीकार्छन् । ‘महोत्सव नजुधाउनु भनेको हो तर बिदाको रुटिन हेर्दा एकै पटक महोत्सव जुध्दो रहेछ’, संयोजक भट्टचनले भने । आफ्नो महोत्सवमा भारत र बंगलादेशका स्टल, कृषिलाई आधुनिकीरण गरिएका प्रर्दशनीहरु रहेकाले दर्शकको मन तान्न सफल हुने पनि उनले दाबी गरे ।
सर्वपक्षीय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी र मौतको कुवा दुवै महोत्सवमा समावेश गरिएका छन् । महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका छन् । रत्ननगर महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गरी ५० करोडभन्दा बढीको कारोबार हुने अपेक्षा आयोजकको छ । यता गैँडाकोट महोत्सव पनि दुई लाख दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने दाबी आयोजकको छ ।

 

The post महोत्सव जुध्दा मह¤व घट्ने सम्भावना appeared first on चितवन पोष्ट.