जातित्व पहिचानको सङ्कट

डा.मतिप्रसाद ढकाल
dhakalmatip@gmail.com

शस्त्रास्त्रको शिक्षा हासिल गर्नका लागि अर्जुनले पाँचवर्ष स्वर्गमा बिताए । त्यसपछि अर्जुन आफ्ना दाजुभाइहरु रहेको गन्धमादन पर्वतमा आएर स्वर्गमा आपूmले इन्द्र, वायु र शिवबाट दिव्यास्त्रको शिक्षा ग्रहण गरेको बताए । साथै उनले स्वर्गमा पाँचवर्ष रहँदाको सारा वृत्तान्त आफ्ना दाजुभाइलाई सुनाए । अर्जुनका मुखबाट यात्राको सम्पूर्ण वृत्तान्त सुनिसकेपछि युधिष्ठिरले उनको अभिनन्दन गर्नाका साथै दिव्यास्त्रदर्शनको इच्छा प्रकट गरे । युधिष्ठिरको इच्छाबमोजिम अर्जुनले दिव्यास्त्रहरुको प्रदर्शन गर्न लागेका बेलामा टुप्लुक्क नारद आइपुगे र अर्जुनलाई दिव्यास्त्रप्रदर्शन गर्नबाट रोके ।
पाण्डवहरु गन्धमादन पर्वतबाट बदरिकाश्रम हुँदै सरस्वती नदीको तटवर्ती द्वैतवनमा प्रवेश गरे । त्यस वनमा भीमसेनले हिंस्रक पशुहरुलाई मारे भने अजिङ्गरले भीमसेनलाई पक्र्यो । भीमसेनले अजिङ्गरको अद्भुत शक्तिका बारेमा विचार गर्न थाले । उनले अजिङ्गरका बारेमा जानकारी प्राप्त गर्ने इच्छा राख्नुका साथै ‘असत्यो विक्रमो नृणामिति मे धीयते मतिः’ (महाभारत ३।१७९।७) अर्थात् मेरा विचारमा मनुष्यको पराक्रम भूmठो हो किनभने तपाईंले मेरो जस्तो महान् बललाई कुण्ठित गरिदिनुभएको छ भन्ने कुरा व्यक्त गरे ।
‘प्रियाः प्राणा हि देहिनाम्’ (पूर्ववत्, श्लोक १०) अर्थात् सबै प्राणीहरुका लागि आफ्नो प्राण प्रिय हुन्छ तापनि म धेरै समयदेखि भोकै बसेका कारण देवताले मेरा लागि तिमीलाई भोजनका रुपमा पठाएका छन् भन्ने कुरा अजिङ्गरले व्यक्त ग¥यो । साथै उसले आपूm राजर्षि नहुष भएको तर ब्राह्णहरुको तिरस्कार गरेका कारण आपूmलाई महर्षि अगस्त्यले श्राप दिएर अजिङ्गर बनाइदिएको रहस्य बतायो ।
अजिङ्गररुपधारी नहुष राजाको कुरा सुनेर भीमसेनले न म तपाईंप्रति क्रोध गर्छु न त आफ्नो नै निन्दा गर्छु किनकि मनुष्य सुखदुःखको प्राप्ति अथवा निवृत्तिमा कहिले असमर्थ हुन्छ भने कहिले समर्थ हुन्छ, त्यसैले कुनै पनि अवस्थामा आफ्नो मनमा ग्लानि आउन दिनुहुँदैन भन्ने कुरा यसरी व्यक्त गरे—
यस्मादभावी भावी वा मनुष्यः सुखदुःखयोः ।
आगमे यदि वापाये न तत्र ग्लपयेन्मनः ।।
(पूर्ववत्, श्लोक २६)
साथै उनले कुनै यस्तो मनुष्य होला जसले पुरूषार्थका बलले दैव वा भाग्यलाई वञ्चित गर्न सकोस्, म त भाग्यका सामु पुरूषार्थ व्यर्थ छ भनेर आफ्नो बाहुबलको भरोसा नभएको ठान्न पुगे—
दैवं पुरूषकारेण को वञ्चयितुमर्हति ।
दैवमेव परं मन्ये पुरूषार्थो निरर्थकः ।।
(पूर्ववत्, श्लोक २७)
यसरी भीमसेनजस्ता महाबलीले त आफ्नो पुरूषार्थलाई व्यर्थ ठाने भने सामान्य मान्छेले आफ्नो पुरूषार्थमा गर्व गर्नुको कुनै सार्थकता देखिन्न ।
यता अजिङ्गरको बन्धनले गर्दा भीमसेनले विलाप गरिरहेका थिए भने उता युधिष्ठिरले द्रौपदीसँग भीमसेन कता गए ? भन्दै सोधखोज गरिरहेका थिए । भीमसेनका पदचिह्नहरु पछ्याउँदै आउँदा युधिष्ठिरले भीमसेन अजिङ्गरको बन्धनमा परेको देखे । त्यसपछि युधिष्ठिरले भीमसेनसँग बन्धनमा पर्नुको कारण सोधे भने भीमसेनले पनि युधिष्ठिरलाई सबै वृत्तान्त सुनाए ।
भीमसेनका कुरा सुनेर युधिष्ठिरले सर्परुपधारी नहुषसँग भाइलाई बन्धनबाट मुक्त गरिदिन आग्रह गरे तर सर्पले भीमसेनलाई नछाड्ने र भीमसेनबाहेक दोस्रो आहारा पनि लिन नचाहने दृढता व्यक्त गरेपछि युधिष्ठिरले सर्पलाई आफ्नो वास्तविक परिचय दिन र भीमसेनलाई छुटकारा दिने उपाय बताइदिन आग्रह गरे । आपूm राजा नहुष भएको र ब्राह्मणको अपमान गरेका कारण अगस्त्यका श्रापले आपूm सर्प हुनुपरेको बताउँदै आपूmले सोधेका प्रश्नको उत्तर दिएका खण्डमा भीमसेनलाई बन्धनमुक्त गर्नसक्ने कुरा सर्परुपधारी नहुषले व्यक्त गरे । त्यसपछि युधिष्ठिरले सर्पलाई प्रश्न गर्न र आपूm त्यसको उत्तर दिन तत्पर रहेको बताए । साथै उनले ब्राह्मणले यस जीवनमा जे जे कुरा जान्नुपर्छ त्यो तिमीलाई थाहा छ कि छैन यो सुनेर आपूmले सर्पले सोधेका प्रश्नको उत्तर दिनेछु भन्ने कुरा व्यक्त गरे ।
युधिष्ठिरको कुरा सुनेपछि सर्पले उनलाई ब्राह्मण को हो र ब्राह्मणका लागि जान्न योग्य त¤व के हो ? भन्ने प्रश्न गरे । त्यसको प्रत्युत्तरमा युधिष्ठिरले जसमा सत्य, दान, क्षमा, सुशीलता, त्रूmरताको अभाव, तपस्या र दया यी सद्गुणहरु देखिन्छन् त्यही ब्राह्मण हो भने सुख र दुःखदेखि पर रहेको, जहाँ पुगेर वा जसलाई जानेर मनुष्य शोकबाट मुक्त हुन्छ त्यो परम ब्रह्म नै ब्राह्मणका लागि जान्न योग्य त¤व मानिन्छ भन्ने कुरा बताए ।
सत्य र प्रमाणभूत ब्रह्म त चारै वर्णका लागि हितकर छ, सत्य, दान आदि सद्गुण त शूद्रहरुमा पनि रहन्छन् र सुख एवम् दुःखले रहित भएको कुनै वस्तुको सत्ता त मैले देख्तिनँ नि भनेर सर्पले युधिष्ठिरसँग जिज्ञासा राखे । त्यस जिज्ञासाको समाधान युधिष्ठिरले यसरी दिए– यदि शूद्रमा सत्य आदि उपर्युक्त लक्षणहरु छन् र ब्राह्मणमा छैनन् भने त्यो शूद्र शूद्र होइन अनि त्यो ब्राह्मण ब्राह्मण होइन—
शूद्रे तु यद् भवेल्लक्ष्म द्विजे तच्च न विद्यते ।
न वै शूद्रो भवेच्छूद्रो ब्राह्मणो न च ब्राह्मणः ।।
(पूर्ववत्, ३।१८०।२५)
साथै उनले जसमा यी सत्य आदि लक्षण छन् त्यो ब्राह्मण हो भने जसमा यी लक्षण छैनन् त्यसलाई शूद्र भन्नुपर्छ भन्ने विचार प्रस्तुत गरे । यसैगरी सुखदुःखले रहित भएको कुनै पदार्थ छैन किन्तु एउटा यस्तो पद छ पनि । जसरी बरफमा उष्णता र अग्निमा शीतलता कहीँ रहन सक्तैन, त्यसरी नै जुन वेद्य पद परब्रह्म छ त्यो वास्तवमा दुःखसुखले रहित नै छ ।
सर्परुपधारी नहुषले यदि आचारद्वारा नै ब्राह्मणको परीक्षा गरिन्छ भने जबसम्म आचारअनुसार कर्म हुँदैन तबसम्म जाति व्यर्थ नै छ भन्ने कुरा व्यक्त गरे । त्यसपछि युधिष्ठिरले जातित्वको पहिचानका सन्दर्भमा यस्तो धारणा राखे—
जातिरत्र महासर्प मनुष्यत्वे महामते ।
सङ्करात् सर्ववर्णानां दुष्परीक्ष्येति मे मतिः ।।
(पूर्ववत्, श्लोक ३१)
अर्थात् मनुष्यहरुमा जातिको परीक्षा गर्नु अत्यन्त कठिन छ किनकि यतिबेला सबै वर्णहरुको एकआपसमा सम्मिश्रण भइरहेको छ । सबै व्यक्तिहरुले सबै जातिका स्त्रीबाट सन्तान उत्पन्न गरिराखेका छन् । वाणी, मैथुन, जन्म र मरण यी सबै मनुष्यहरुमा समान छ । यस विषयमा लोकव्यवहार मात्र होइन आर्ष प्रमाण पनि भेटिन्छ— ‘ये यजामहे’ यो वेदवाक्यले जातिविशेषको निश्चय गरेको छैन किन्तु ‘जो हामीहरु यज्ञ गरिरहेका छौँ’ यसरी सामान्य रुपमा निर्देश गरिएको छ । ‘तस्माच्छीलं प्रधानेष्टं विदुर्ये तत्त्वदर्शिनः’ (पूर्ववत्, श्लोक ३३) अर्थात् त्यसैले त¤वदर्शी विद्वान्हरुले शीलस्वभावलाई प्रधानता दिन्छन् र त्यसैलाई अभीष्ट पनि मान्दछन् ।
‘तावच्शूद्रसमो ह्येष यावद् वेदे न जायते’ (पूर्ववत्, श्लोक ३५) अर्थात् जबसम्म बालकलाई वेदको अध्ययन गराइँदैन तबसम्म त्यो बालक शूद्रसमान नै हुन्छ । जातिका विषयमा सन्देह हुँदा मनुले यही निर्णय दिएका छन् । यदि वेदको अध्ययन गरेर पनि ब्राह्मण आदि वर्णहरुमा अपेक्षित शील र सदाचारको उदय हुँदैन तब त्यसमा प्रबल वर्णसङ्करता छ भनेर निश्चय गरिएको छ । त्यसैले वर्तमानमा जसमा संस्कारका साथसाथै सदाचार पनि विद्यमान छ त्यही ब्राह्मण हो भन्ने कुरा पहिल्यै बताइसकिएको छ भनेर युधिष्ठिरले सर्परुपधारी नहुषका प्रश्नहरुको समुचित उत्तर दिएका कारण नहुषले भीमसेनलाई बन्धनबाट मुक्त गरिदिए भने नहुष राजा पनि सर्पयोनिबाट मुक्त भएर स्वर्गलोकमा गए ।
महाभारतकालमा नै त युधिष्ठिरले सबै जातिहरुको सम्मिश्रण भएका कारण जातित्वको पहिचान अत्यन्त सङ्कटमा परेको छ भन्ने निष्कर्ष प्रस्तुत गरेका थिए भने वर्तमानमा जातित्वको पहिचानका लागि सङ्घर्ष गर्न अग्रसर हुँदा अलिकति बचेखुचेको जातित्वको पहिचान पनि गुम्दै जाला कि भन्ने आशङ्का पैदा हुँदै गएको छ । ‘वेदोऽखिलो धर्ममूलम्’ अर्थात् सम्पूर्ण धर्मको मूल वेद हो भन्ने कुरा बुझेर वर्तमानमा कति जनाले राम्रोसँग वेद पढेका होलान् र आपूmलाई शूद्रको श्रेणीबाट ब्राह्मणको श्रेणीमा पु¥याएका होलान् ? भनेर निक्र्योल गर्न निकै कठिन छ । वेद पढेर पनि सदाचारको पालना गर्न नसक्ने शूद्रहरु कति होलान् अनि वेद वा आफ्नो धर्मको मूल ग्रन्थ नपढ्ने र त्यसलाई निन्दा गर्नेहरुको सङ्ख्या बढ्दै छ कि घट्तै छ ? भन्ने कुराको गम्भीरतापूर्वक विचार नगर्ने हो भने जातित्व पहिचानको सङ्कट अभैm बढ्दै जाने प्रबल सम्भावना देखिन्छ ।

(सहप्राध्यापक, नेसंवि, कालिका विद्यापीठ, गैँडाकोट, नवलपुर)

The post जातित्व पहिचानको सङ्कट appeared first on चितवन पोष्ट.