दोस्रो गैँडाकोट महोत्सव सुरु, नवलपुरको संमृद्धिका लागि महोत्सव सफल हुने विश्वास

दोस्रो गैँडाकोट महोत्सव सुरु, नवलपुरको संमृद्धिका लागि महोत्सव सफल हुने विश्वास

राजन खरेल,
गैँडाकोट, २७ पौस । नेपाल उधोग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाले गैँडाकोट महोत्सबले नयाँ जिल्ला नवलपुरलाई केन्द्रिय रुपमा चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नवलपुको गैँडाकोटमा आजबाट सुरुभएको दोस्रो गैँडाकोट महोत्सबको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राणाले नवलपुरको विकास र संमृद्धिका लागि महोत्सब फलदायी हुने धारणा राख्नुभएको हो ।


मुलुक संघिय संरचनामा गएसंगै नवलपुर ७६ औं जिल्लाको रुपमा विकसित भैरहेको सन्दर्भमा यहाँहुने यस्ता महत्वपुर्ण मेला र महोत्सबले यहाँको कृषि, उधोग, धार्मिक लगायतका पक्षहरुको प्रर्वद्धन गर्न टेवा पुग्ने उहाँको धारणा थियो ।

उधोग वाणिज्य संघ गैँडाकोटको आयोजनामा नारायणी नदि किनार गैँडाकोटमा आजबाट सुरुभएको मेला आगामी माघ ८ गतेसम्म संचालन हुदैं छ ।  कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनीले गैँडाकोट महोत्सबले नवलपुरलाई स्वदेशमा चिनाउनका साथै संमृद्ध बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल, गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेल, वरिष्ठ समाजसेवी तिलक प्रसाद सापकोटा, सहकारी अभियान्ता खेमराज सापकोटा, समाजसेवी यमुनाथ आर्चाय लगायतले शुभकामना मन्तब्य राख्दैं महोत्सबको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उधोग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनको अध्यक्षता रहेको उद्घाटन समारोहमा संघका उपाध्यक्ष एंब महोत्सब मुल समारोह समिति संयोजक दिपक सापकोटाको स्वागत मन्तव्य राख्दैं महोत्सबको औचित्यबारे धारणा राख्दैं सबैपक्ष संग रचनात्मक सहयोगको लागि आहब्वान गर्नुभएको थियो ।

यसअघि उद्घाटन सत्रमा स्थानिय संघ–संस्था, शैक्षिक संस्था, आमा समुह लगायत हजारौंको संख्यामा जनमासले नगरपालिका देखि महोत्सब परिसर सम्म सोभायात्रा निकालेको थियो । यस्तै विभिन्न जातजातीको झाँकी र भेषभुषाले उत्सबमा थप रौनकता थपेको थियो । महोत्सबमा पञ्चेबाजा, पञ्चकन्या र सिंगारिएको हात्ती सहित सर्वसाधारणको सहभागितामा सोभा यात्रा अघि बढेको थियो ।


महोत्सबमा करिब ३२० वटा स्टल रहेका छन् । जारी महोत्सबमा कृषि , उधोग, व्यापार , विभिन्न जातजातीका स्टल रहेका छन् । महोत्सबले यस क्षेत्रमा कृषि र वाणिज्य पक्षको विकास गर्ने विश्वास गरिएको छ । महोत्सबमा आर्कषक विभिन्न स्टलका साथमा दैनिक राष्ट्रिय लोक दोहोरी गायकहरुकोे प्रस्तुती रहने छ । यस्तै महोत्सबमा सुचना प्रविधि, राष्ट्रिय–अन्र्तराष्ट्रिय स्टल सहित शिक्षा, सहकारी, खेलकुद, व्यापार लगायत सबै विद्माका स्टल रहेको आयोजकले जानकारी दिएको छ ।