रत्ननगर महोत्सव आजबाट

रत्ननगर । रत्ननगरको टिकौलीमा आज बिहीबारदेखि रत्ननगर महोत्सव सुरू हँुदैछ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने छन् । सो महोत्सव उद्घाटनका लागि उपराष्ट्रपति पुनले बुधबार नै चितवन आएका थिए । महोत्सव उद्घाटन पूर्वनेपाल विद्युत् प्राधिकरण नजिकैको खाली जमिनबाट बृहत शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ ।
शोभायात्रालाई यसपटक विशेष बनाइएको छ । शोभायात्रामा विभिन्न संघसंस्था, आमा समूह, क्लब, विभिन्न जातजातिका संस्कृति समूह गरी ५ सय वटा संघसंस्थाका सहभागिता रहने शोभायात्रा व्यवस्थापन समितिकी संयोजक विरञ्जना घिमिरेले जानकारी दिइन् । महोत्सवलाई लक्षित गरी टाँडी बजार ध्वजापताकाले सिंगारिएको छ । महोत्सव पुस २७ गतेदेखि माघ ७ गतेसम्म चल्ने छ । चितवनको आर्थिक सम्भावनाहरुको खोजी एवम् प्रवद्र्धन गर्दै चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र सम्वद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए ।
यसपटकको महोत्सवमा कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सव करिब ४५० वटा स्टल रहेका छन् । यस पटकको महोत्सवको मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो धरहरामा ३० फिटबाट दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । साथै महोत्सवको अर्को आकर्षणको रुपमा परापूर्वकालमा राजामहाराजाले चढ्ने रथ (बग्गी) र घोडा चढ्ने व्यवस्था मिलाइएको छ । साथै महोत्सवमा सबैले चासोका साथ हेर्ने अस्ट्रिजसमेत राखिने छ । महोत्सवअन्तर्गत माघ २ देखि ६ गते सम्म टाँडी बजार चौथौ राष्ट्रिय पोर्क फुड फेस्टिबल आयोजना गरिएको संघका निर्वतमान अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए । सो फुड फेष्टिबलमा ५० वटा स्टल रहने छन् ।
गाडी डाईभर्सन हुने
उपराष्ट्रपतिबाट आज बिहीबार उद्घाटन हुने रत्ननगर महोत्सवलाई लक्षित गरी सुरक्षित ट्राफिक व्यवस्थापनको लागि मालवाहक गाडीहरुलाई डाइभर्सन गरिने भएको छ ।
बिहान ०८ः३० बजेदेखि अपरान्ह २ बजे सम्म रुट व्यवस्था गरिएको व्यहोरा अनुरोध गरिएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रनि सन्तोष पन्तले बताए । गैँडाकोट तथा रामनगरतर्फबाट टाडीतर्फ जाने मालवाहक सवारीहरु आँपटारी विशालचोक भोजाड –खगेरी पुल लंकालाईन जयमंगला बकुलहर हुँदै टाँडी बजार निस्कने र पर्सा खैरहनी तर्फबाट भरतपुरतर्फ जाने मालवाहक सवारीहरु बकुलहरवाट दाँया मोडिई जयमंगला, लंकालाइन, खगेरीपुल, भोजाड, विशालचोक हुँदै गन्तव्यतर्फ लाग्ने प्रनि पन्तले बताए ।

The post रत्ननगर महोत्सव आजबाट appeared first on चितवन पोष्ट.