गैंडाकोट महोत्सव बृद्धबृद्धालाई सम्मान स्वरुप निशुल्क प्रवेश, तेस्रो दिन करिब १० हजार अवलोकनकर्ता

गैंडाकोट महोत्सव बृद्धबृद्धालाई सम्मान स्वरुप निशुल्क प्रवेश, तेस्रो दिन करिब १० हजार अवलोकनकर्ता

गैँडाकोट, ३० पौष । “आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ जारी दोस्रो गैंडाकोट महोत्सवमा शनिबार देखि बृद्धबद्धाहरुको सम्मान स्वरुप निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । ७० वर्ष नाघेका वृद्धवृद्धाको सम्मान स्वरुप उहाँहरुलाई प्रवेश शुल्क छुट दिइएको महोत्सवका प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभयो । महोत्सवमा अवलोकन कर्ताको उत्साह बढ्दै गएको सापकोटाले बताउनुभयो । महोत्सवको तेस्रो दिन शनिबार विदा परेका कारण पनि सहभागिको संख्या बढेको छ ।

शनिबार करिब १० हजारले महोत्सवको अवलोकन गरको सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार दोस्रो दिन हिजो ४ हजार टिकट विक्रि भएको जानकारी दिनुभयो । महोत्सवमा शनिबार पनि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । गैँडाकोट महोत्सवमा शनिबार अविनाश गुरुङ, हरि योन्जन, रमेश राज भट्राई, प्रतिभा सापकोटा, राजेन्द्र कंडेल, ढाकाराम पौडेल, दीपक खड्का लगायतका कलाकारहरुको प्रस्तुती रहेको सांस्कृतिक उपसमितिका संयोजक ज्ञानप्रसाद खनालले बताउनुभयो । खनालका अनुसार आइतबार आज शिव हमाल, सम्झना भण्डारी र कमल खत्री रमेश राज भट्राई, ढाकाराम पौडेल र आधुनिक तथा पप गायक तर्फकाट चर्चित कलाकारहरुको उपस्थिती रहनेछ । आज गायन प्रतियोगितासमेत हुने खनालले जानकारी दिनुभयो ।