बोर्ड र पनिकाको समायोजनमा ढिलाइ

काठमाडौं ३० पुस / माध्यमिक शिक्षाको संरचनात्मक परिवर्तनका लागि शिक्षा ऐनको आठौँ संशोधन लागू भएको १८ महिना बितेपनि राष्ट्रिय परीक्षा बोर्ड र पुरानो परीक्षा नियन्त्रण कार्यालय (पनिका), सानोठिमीबीचको समायोजनमा ढिलाइ भएको छ ।

संशोधित ऐनअनुसार कक्षा ९ देखि १२ सम्मको माध्यमिक शिक्षाको परीक्षा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट रूपान्तरित बोर्डको भए पनि यस वर्षसमेत कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सञ्चालनको कार्य पनिकाले गर्दैछ । बोर्डले कक्षा ११ र १२ को परीक्षा मात्र सञ्चालन गरिरहेको छ ।

बोर्डमा एक वर्षसम्म अध्यक्ष नियुक्ति नहुनु तथा शिक्षा मन्त्रालयले स्थानीय तहमा समायोजन भई जाने कर्मचारीको टुङ्गो लगाउन बाँकी रहेकाले दुई परीक्षा कार्यालयबीच समायोजन हुन ढिलाइ भएको हो । बोर्ड स्वायत्त निकाय र पनिका मन्त्रालयको मातहतको कार्यालय हो । बोर्डको मातहतमा कक्षा ११ र १२ का लागि आफ्नै परीक्षा नियन्त्रण कार्यालय छ ।

हाल बोर्डमा अस्थायीसहित कुल ३४० कर्मचारी छन् भने पनिकामा ६५ कर्मचारीको दरबन्दी छ । बोर्डले पनिकामा रहेको दरबन्दी उप