लक्ष्मि मा.वि अमरापुरीले चरणबद्ध रुपमा भब्य कार्यक्रम गरि स्वर्ण महोत्सब गर्दै

लक्ष्मि मा.वि अमरापुरीले चरणबद्ध रुपमा भब्य कार्यक्रम गरि स्वर्ण महोत्सब गर्दै

गैँडाकोट, राजन खरेल, २ माघ ।

लक्ष्मि मा.वि अमरापुरीले विविध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सब मनाउने भएको छ । मंगलबार विधालयमा पत्रकार सम्मेलनको आयोजना गरि स्वर्ण वर्षको उपलक्ष्यमा चरणवद्ध रुपमा विभिन्न गतिविधि संचालन गरि स्वर्ण महोत्सब गर्न लागेको जानकारी गराईएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले बिद्यालयको बिगतदेखिका आरोह अवरोहहरुका वारेमा प्रष्ट पार्नुभएको थियो । प्रधानाध्यापक कंडेलले बिद्यालयबाट हालसम्म ३२ सय बिद्यार्थीले बिद्यालय तह उतिृण गरेको जानकारी गराउनुभयो । बिद्यालयले अमरापुरीको गरिमालाई उच्च राख्दैं यहाँको शैक्षिक क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । एक फरक प्रसंगमा पत्रकारहरुको जबाफ दिदैं उहाँले स्वर्ण महोत्सब सम्पन्न गर्न अनुमानित ९५ लाख बराबरको आम्दानी र खर्च विवरण समेत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष विष्णु प्रसाद कंडेलले बिद्यालयको स्थापनाकाल देखिको इतिहासलाई दरिलो पार्दै अझ अगाडी बढ्न, सबैसंग सहयोगको आह्ब्बान गर्नुभयो । पत्रकार सम्मेलनमा बिद्यालयको संचार समिति संयोजक खेम प्रसाद सापकोटाले स्वागत गर्नुभएको थियो ।
यसैबिच बिद्यालयले आगामी माघ १२ गतेबाट चरणबद्ध रुपमा विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । जस अन्र्तगत रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता, साहित्यक कार्यक्रम, यस्तै अभिभावक विच म्युजिकल चियर प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । यस्तै बिद्यालयका भुपु बिद्यार्थीहरु विच पुर्नमिलन कार्यक्रम, भुपु विधार्थी विच स्लो साईकल रेस, दौड प्रतियोगिता आदि गर्नेछ । विद्यालयले स्थापनाकाल देखिका सहयोगि, चन्दादाता तथा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ ।

विद्यालय ब्यबस्थापन समिति अध्यक्ष विष्णु प्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रम अतिरिक्त कार्यक्रम संयोजक विष्णु रिजालको सहजिकरणमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न समिति तथा उप–समिति संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा फागुन १ गते बाट सप्ताह ब्यापी कार्यक्रम हुने समेत जनाईएको छ । विक्रम संम्बत २०२४ सालमा स्थापना भएको विधालयले आफ्नो स्थापनाकाल देखिका विभिन्न पक्षहरुलाई समेट्दै फागुन ७ गते स्वर्ण महोत्सब २०७४ एक समारोहका विच सम्पन्न गर्ने भएको छ ।