अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौं ३ माघ / त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ ।
त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालभित्र र नेपाल बाहिरका विश्वविद्यालयसँग यो व्यवस्था लागू गराएको हो ।

विश्वविद्यालयका प्रा डा विनित अर्यालको संयोजकत्वमा गठित तीन सदस्यीय प्राविधिक समितिको सुझाव प्रतिवेदनअनुसार सो व्यवस्था कार्यान्वयन शुरु भएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । यो व्यवस्था उच्चशिक्षाको कुनै पनि विषयमा कम्तीमा ५० प्रतिशत कोर्स पूरा भएका र विद्यार्थी आदानप्रदान हुने विश्वविद्यालयको सम्बन्धित कोर्सका विषय ८० प्रतिशतसम्म मिलेको अवस्थामा लागू हुनेछ । त्रिविको विद्यमान नियमअनुसार कुनै पनि तहको अध्ययन भर्ना भएको बढीमा छ वर्षभित्र पूरा गर्नुपर्छ । ‘क्रेडिट ट्रान्सफर’ हुँदा पनि सोही अवधिभित्र हुनुपर्नेछ । काठमाडौँ विश्वविद्यालयले यस्तो नीति यसअघि नै लागू गरिस