जिशिअले घुस मागेको आरोप, शिक्षक सरुवा विवादले विद्यालयमा तालाबन्दी

कञ्चनपुर - महाकाली नगरपालिका स्थित महाकाली आदर्श माविमा शिक्षक सरुवा सम्बन्धी विवाद चर्किदा दुई साता देखि विद्यालयमा तालाबन्दी भएको छ । मावि तहमा विज्ञान शिक्षक नियुक्ति गर्न माग गर्दै अभिभावकले र सामाजिकको रिक्त दरबन्दीमा अंग्रेजी शिक्षक सरुवा गर्ने जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टको प्रयासको विरोध गर्दै राहत शिक्षक संघर्ष समिति महाकाली नगरपालिकाले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

सामाजिक विषयको खाली दरबन्दीमा जिशिअ भट्टले आफ्ना भतिजा नाता पर्ने लक्ष्मी माविमा कार्यरत अँग्रेजीका शिक्षक अम्बादत्त भट्टलाई ल्याउने प्रयास गरेपछि विवाद छताछुल्ल्ल भएको हो ।

विद्यालयका सामाजिक विषयका शिक्षक केशव दत्त भट्टको गत बर्ष माघ ९ गते निधन भएपछि उक्त पद रिक्त भएको थियो । विद्यालय ब्यवस्थापन समितिले सोही नगरपालिका स्थायी घर भई हाल महोत्तरीको औरही स्थित प्रसाद सिंह उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक दिपकचन्द्र ओझालाई जिल्लान्तर सरुवा गर्न बैशाख १५ गते सरुवा सहमति दिएको थियो । ओझा कार्यरत विद्यालयको पत्र लगायत अन्य आवश्यक प्रकृया पुरा गरे पश्चात जिल्ला शिक्षा कार्य