बैसाखीको भरमा विद्यालय

काठमाडौं ३ माघ / १३ वर्षीय रुविन आले मगर देब्रे खुट्टालाई झुन्डयाएर बैसाखीको भरमा दिनहुँ एक घण्टा टाढाको विद्यालय आउजाउ गर्दै आएका छन् । सामान्य गोरेटो बाटोमा उकाली ओराली गर्दै बैसाखी टेकेर विद्यालय पुग्दा उनी पढाइमा ध्यान जानुभन्दा थकानले शिथिल हुने बताउँछन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका ७ लुङ्गेलीका रुविन ढोडेस्थित सरस्वती प्राथमिक विद्यालयमा ३ कक्षामा अध्ययनरत छन् । गत वर्ष भाँचिएको खुट्टा आर्थिक अभावले समयमै उपचार गराउन नसक्दा अवस्था दयनीय बनेको हो । गाउँघरकै जडिबुटीको भर पर्दा मुस्किलले हिँड्डुल गर्दै रहेको बेला फेरि लडेपछि एउटै खुट्टा दुईपटक भाँचिएको काका चुमबहादुरले बताए । दोस्रोपटक भाँचिएको खुट्टा पनि छिमेकी आफन्तको सहयोगमा ९ महिनापछि अस्पताल पुर्‍याउन्जेल उपचारमा ढिलाइ भइसकेकाले निको हुने छाँट देखिन्न । भाँचिएर चारैतिरबाट नट बल्टुले जेलिएको खुट्टा लिएर उनी हिँडडुल गर्न बाध्य छन् ।

बाबु टीकाराम द्वन्द्वरत अवस्थामा विद्रोही पक्षको यातनाबाट मानसिक सन्तुलन गुमाएपछि रुविनको परिवारको अवस्था कमजोर बन्दै गएको चुमबहादुरले बताए । ७ जनाको जहान पालनपोषण गर्ने