महोत्सवमा कवि गोष्ठी हुदै

महोत्सवमा कवि गोष्ठी हुदै

बुधबार नै कवि गोष्ठी हुदैछ । बिहान १० देखी १२ सम्म पर्दशनी स्थलमा कवि गोष्ठी हुनेछ ।

गैँडाकोट, ३ माघ । पौष २७ गतेदेखि सुरु भएको गैँडाकोट महोत्सवमा ६५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा जारी महोत्सवमा समुद्घाटनका दिन करिब ४ हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार महोत्सवको दोस्रो दिन ८ हजार, तेस्रो दिन ८ हजार, चौँथो दिन १० हजार र पाँचौ दिन आइतबार २५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । पहिलो दिन प्रवेश निःशुल्क भएपनि दोस्रो दिनबाट आजसम्म करिब ५१ हजार टिकट विक्री वितरण भएको प्रचारप्रसार समितिका संयोजक सापकोटाले बताउनुभयो । माघ १ गते आइतबार देवघाटको माघी मेलाका कारण पनि आइतबारबाट अघिल्ला दिनहरुभन्दा बढी अवलोकन कर्ता महोत्सवमा पुगेका थिए । यस्तै मंगलबार पनि उत्साह जनक सहभागिता रहेको छ । मंगलबार १० हजार भन्दा वढि दर्शकले अवलोकन गरेको प्रचार प्रसार समितिका संयोजक शालिकराम सापकोटाले बताउनुभयो । महोत्वमा मंगलबार राष्ट्रिय कलाकारहरु पुरुषोत्तम न्यौपाने, नेत्रजित पन्त, सुनील गिरि, कला लम्साल, अमर विरही गुरुङ, संजिव सिंङ राना, मिरा पोख्रेल लगायतको प्रस्तुती रहेको सांगितिक उपसमिति संयोजक ज्ञानप्रसाद खनालले जानकारी दिनुभयो । त्यस्तै बुधबार राजेन्द्र बजगाई, शान्ती श्री परियार, प्रकाश सपुत, भरत क्षेत्री, निरा पोखरेल गिरी, शारदा खनाल लगायतको प्रस्तुती रहने खनालले जानकारी दिनुभयो । विभिन्न नृत्यसँगै गायन प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । यस्तै बुधबार नै कवि गोष्ठी हुदैछ । बिहान १० देखी १२ सम्म पर्दशनी स्थलमा कवि गोष्ठी हुनेछ ।