लक्ष्मी माविमा स्वर्णमहोत्सवका कार्यक्रम सुरु, आज भलिबल र कबड्डी प्रतियोगिता

लक्ष्मी माविमा स्वर्णमहोत्सवका कार्यक्रम सुरु, आज भलिबल र कबड्डी प्रतियोगिता

गैँडाकोट, १२ माघ । लक्ष्मी मावि गैँडाकोट १५ अमरापुरी यही फागुन ७ गते स्वर्णमहोत्सव मनाउने भएको छ । स्वर्णमहोत्सवको अवसरमा एक महिनाको अबधीभर बिद्यालयले विभिन्न कार्यक्रम गर्ने जनाएको छ । बिद्यालयले स्थापनाको ५० बर्ष पुरा भएको अवसरमा बिद्यार्थी शिक्षक कर्मचारी र अभिभावक लक्षित खेलकुद तथा विविध अन्तक्रिया आयोजना गरेको छ । विद्यालयले आज शुक्रबार छात्र भलिवल प्रतियोगिता र छात्रा कबड्डी प्रतियोगिता आयोजना हुँदै छ ।

फागुन ७ गते हुने स्वर्णमहोत्सव मुल समारोह अघि बिद्यार्थीको क्षमता अभिबृद्धी तथा सामाजीक कार्य र खेलकुद हुने बिद्यालयका प्रध्यानाध्यापक मणिकण्ठ कंडेलले जानकारी दिनुभयो । २०२४ सालमा स्थापना भएको यो बिद्यालयमा हाल ८ सय ८२ बिद्यार्थी अध्ययनरत छन् । बालमैत्री बिद्यालय निमार्णको अभियानमा लागेको बिद्यालयले आगामी शैक्षीक सत्रबाट डिजिटल शिक्षण प्रणाली लागु गर्ने रणनिति लिएको छ । बिद्यालयले बिद्यालय शिक्षा मात्र नभई बालबालिकाको जिवनशैली स्वस्थ खानपानको बिशेष कार्यक्रम ल्याउने जनाएको छ ।


स्वर्णमहोत्सका अवसरमा हुने कार्यक्रमहरुः
माघ १२ गते– छात्र भलिवल प्रतियोगिता
माघ १२ गते– छात्रा कबड्डी प्रतियोगिता
माघ १९ गते– जिल्लास्तरीय हाजिरिजवाफ प्रतियोगिता
माघ १९ गते– जिल्ला स्तरिय विज्ञान प्रदर्शनी
माघ २६ गते– अन्तर मावि वक्तृत्वकला प्रतियोगिता
माघ २६ गते– अन्तर मावि कविता प्रतियोगिता
माघ २६ गते– बृहत साँस्कृतिक कार्यक्रम
माघ २८ गते– लक्ष्मी मावि र जनमुखी कलेज विच आन्तरिक खेलकुद
माघ २९ गते– लक्ष्मी मावि र जनमुखी कलेज विच आन्तरिक खेलकुद
फागुन १ गते– शोभायात्रासहित उद्घाटन, अन्तर सदनात्मक छात्र तथा अन्तर संकाय क्रिकेट प्रतियोगिता
फागुन १ गते– अन्तर खुल्ला भजन प्रतियोगीता
फागुन २ गते– लक्ष्मी मावि र जनमुखी कलेज विच आन्तरिक खेलकुद
फागुन ३ गते– महिला अभिभावक म्युजिकल चियर प्रतियोगिता
फागुन ३ गते– अन्तर आमा समुह हाजिरिजवाफ प्रतियोगिता
फागुन ३ गते– पुरुष अभिभावक घैँटो फुटाई प्रतियोगिता
फागुन ३ गते– नवलपुर स्तरिय लोक नृत्य प्रतियोगिता
फागुन ४ गते– भु. पु. बिद्यार्थी १ कि. मि. दौड प्रतियोगिता
फागुन ४ गते– स्लो साईकल रेस
फागुन ४ गते– शिक्षक, बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावकविचको भलिवल
फागुन ५ गते– रक्तदान कार्यक्रम
फागुन ६ गते– भु. पु. बिद्यार्थी तथा भु. पु. शिक्षक पुनः मिलन कार्यक्रम
फागुन ७ गते– स्वर्णमहोत्सव मुल समारोह