गैंडाकोट जेसिसद्वारा महिलाहरुलाइ २ दिने उद्धोसन तालिम सम्पन्न

गैंडाकोट जेसिसद्वारा महिलाहरुलाइ २ दिने उद्धोसन तालिम सम्पन्न


गैँडाकोट, १३ माघ । गैंडाकोट जेसिसको आयोजनामा हरेराम हरेकृतन महिला समुहका करिब ३० जना महिलाहरुलाइ उद्धोसन तालिम सम्पन्न भएको छ । तालिममा प्रशिक्षकको रुपमा गैंडाकोट जेसिसका संस्थापक अध्यक्ष जेसि बद्री सापकोटा , पुर्ब अध्यक्ष जेसि कृष्णहरि सापकोटा, जेसि युबराज सापकोटा, देबचुली जेसिसका संस्थापक अध्यक्ष जेसि केबि राना लगायतले प्रशिक्षण दिनुभएको तालिम कोअर्डिनेटर जेसि सुरज पौडेलले जानकारी दिनुभयो । हरेराम हरेकृतन महिला समुहको कार्यलयमा भएको तालिमको अध्यक्षता गैंडाकोट जेसिसका अध्यक्ष जेसि गोकुल सापकोटाको अध्यक्षमा सम्पन्न भएको पौडेलले जानकारी दिनुभयो ।