अमर आवासिय मा.वि.अमरापुरीको भु.पु विधार्थी विच खेलकुदमा भु.पु वर्ष ०७० उत्कृष्ट (भिडियो सहित )

अमर आवासिय मा.वि.को भुपु विधार्थी प्रतिष्पर्धामा वर्ष ०७० उत्कृष्ट

गैँडाकोट, १४ माघ । अमर आवासिय उच्च मा.वि अमरापुरीको २९औं वार्षिकोत्सबका अबसरमा आईतबार पनि विविध खेलकुद प्रतियोगिता संचालन भएका छन् । आईतबार भु.पु. विधार्थी मञ्च तर्फ २– प्रतियोगिता सम्पन्न भएका छन् , यस्तै विधालय तहमा पनि विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

आज भुपु विधार्थी विच भलिबल प्रतियोगिता र डोरी तान प्रतियोगिता संचालन भएको छ । भु.पु विधार्थी विच भएको भलिबल प्रतियोगिता अन्र्तगत गु्रप “B” प्रथम भएको छ भने गु्रप “C”  द्धित्तिय भएको विधालयको अतिरिक्त कृयाकलाप प्रमुख शिव सुबेदिले जानकारी दिनुभएको छ ।

आजै सम्पन्न डोरी तान प्रतियोगितामा भुपु समुह वर्ष ०७० ब्याज प्रथम भएको छ । यस्तै भुपु समुह वर्ष ०७१ द्धित्तिय भएको भुपु विधार्थी मञ्च अमर मा.विका सचिव राजन खरेल पुर्णले जानकारी दिनुभएको छ । विजयी सम्पुर्णलाई सोमबार विधालयमा हुने वार्षिकोत्सब कार्यक्रमका विच पुरस्कृत गरिने विधालयले जानकारी दिएको छ ।
यसैविच विधालयले सोमबार भब्य समारोहका विच २९ औं वार्षिकोत्सब मनाउन लागेको छ । सो अबसरमा विविध सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण समेत गरिने विधालयका प्रधानाध्यापक रामचन्द्र देबकोटाले जानकारी दिनुभएको छ ।