ग्रहणको सुतक लाग्ने भएकाले स्वस्थानीको उद्यापन बिहानै गर्नुपर्ने

ग्रहणको सुतक लाग्ने भएकाले स्वस्थानीको उद्यापन बिहानै गर्नुपर्ने


गैँडाकोट, १७ माघ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा. डा. गौतमले बताउनुभयो । ८ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ । मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्नसक्ने समितिले जनाएको छ । काठमाडौं उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी सुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिनुभयो । बिहान ७.३० बजेदेखि नै नित्य पूजापाठ गरेर व्रत समापन सुरु गरिने समितिले जनाएको छ । यही माघ १८ गते वर्तालुलाई भोज खुवाएपछि एकमहिने माधवनारायण मेला समापन हुनेछ । रासस