विमाका विषयमा  जनचेतना फैलाउँदै विमा समिति

विमाका विषयमा जनचेतना फैलाउँदै विमा समिति


गैँडाकोट ।

विमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले विमाका विषयम जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभएको छ । विहिवार चितवनको माडीमा माडि नगरपालिकाका जनप्रतिनिधिसँगको छलफलमा चापागाँईले हरेक मानिस हरेक समय जोखिमा नै हिडिरहने भएकाले हरेक व्यक्ति विमासँग जोडिनुपर्ने बताउनुभएको हो । माडि नगरपालिकका प्रमुख ठाकुर प्रसाद ढकालले विमासमितिले माडिमा पुगेर विद्यार्थी र जनप्रतिनिधिसँग गरेको छलफलले विमाका विषयमा धेरै जानकारी प्राप्त भएको वताउनुभयो ।कार्यक्रमम विमा विज्ञ भोजराज शर्मा र विमा समितिका कार्यकारी निर्देशक राजु हमालले विमाका विषयमा जानकारी दिनुभएको थियो ।
विमा समितिले देशभर विमाका विषयम जनचेतना फैलाउने अभियानका साथ विमा कम्पनी र स्थानीय सरकारसँग छलफल गर्दै आएको छ । विमा कम्पनीहरुको नियमक निकाय रहेको विमा समितिले बुधवार चितवन, नवलपरासी क्षेत्रमा शाखा सञ्चालन गरेका विमा कम्पनीका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । विमा कम्पनीको अनुगमन, नियन्त्रण र नियमन गर्ने कामका साथमा विमा कम्पनीका समस्याका विषयमा छलफल गरेको विमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले जानकारी दिनुभयो । नारायणगढको होटल मनास्लुमा भएको अन्तरक्रिया कार्यक्रममा जीवनविमा र निर्जीबन विमाका ३ दर्जन शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा शाखा प्रमुखहरुले आ आफ्ना समस्या राखेको कार्यक्रमक सहजकर्ता विमा समितिका पदम सोडारीले जानकारी दिनुभयो । शुक्रवार विमा समितिले भरतपुर महानगरपालिकाका जनप्रतिनिधिसँग विमाका विषयमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।