आर्मीलाई हराउँदै गैंडाकोट क्वाटरफाइनलमा

भरतपुर । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको शुक्रबारको खेलमा गँैडाकोट फुटबल क्लवले २–१ को गोल अन्तरले अघिल्लो प्रतियोगिताकोे विजेता नेपाली सेनाको द फेमस (महेन्द्र दल) गण भरतपुरलाई पराजित गरेको छ ।
विजयी भएसँगै गैंडाकोट क्वार्टर फाईनल प्रवेश गरेको छ । दोस्रो हाफको ४९औँ मिनेटमा गैडाकोटका कान्छा गुरुङले पहिलो गोल गरेका थिए । खेलको अतिरिक्त समयमा गैँडाकोटको तर्फबाट दिपेश मगरले गोल थप गरी जित निश्चित गरेका थिए । लगत्तै अन्तिम १ मिनेट बाँकी रहँदा नेपाली सेनाको दी फेमस (महेन्द्र दल) गणका सुदिपराज श्रेष्ठले गोल गरेका थिए ।
खेलको म्यानअफ दी म्याच गैँडाकोटका गोलरक्षक आकास रानाभाट भए । उनलाई नेपाली सेनाका सहायक रथि रामनाथ ढुगांना र प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारीले ट्रफि प्रदान गरेका थिए । फाल्गुन २ गतेसम्म चल्ने खेलको विजेताले नगद २ लाख २२ हजार र उप विजेताले १ लाख ११ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । शनिबारको खेल जुगेडी क्लब र अभिषेक चर्च रजहरका बीचमा हुने आयोजक क्लब एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

 

The post आर्मीलाई हराउँदै गैंडाकोट क्वाटरफाइनलमा appeared first on चितवन पोष्ट.