३ दिने तेक्वान्दो प्रशिक्षण आज देखि गैँडाकोटमा सुरु

३ दिने तेक्वान्दो प्रशिक्षण आज देखि गैँडाकोटमा सुरु

गैँडाकोट,राजन खरेल, २० माघ ।


गैँडाकोट तेक्वान्दो डोजाङ र कन्टिनेन्टल तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा ३ दिने तेक्वान्दो प्रशिक्षण आज देखि गैँडाकोटमा सुरु भएको छ । साउथ कोरियन प्रशिक्षकहरु द्धारा दिईने, पिस कप्र्स नामक तेक्वान्दो तालिमको शनिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी विष्टले खेलकुदको क्षेत्रमा लागेका ब्यक्तिहरु देशभक्त र अनुशासित हुने बताउनुभयो । खेलकुदकै माध्ययमबाट नेपाललाई विश्वमा चिनाउने राम्रो अबसर रहेकाले त्यस दिशाँ तर्फ सबै पक्षको ध्यान पुग्न आवश्यकता औल्याउनुभयो । नेपालमा, खेलकुदको विकास गर्न सानै उमेर देखि बालबालिकालाई खेलकुदमा सहभागी बनाउनुपर्ने उहाँको जोड थियो ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष विकास के.सी.ले नवलपुरमा खेलकुदको विकासका निम्ति आफुले सबै जनप्रतिनिधीहरु संग समन्वय गरि अगाडी बढ्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोसी,  शिक्षाविद् गिरिराज उपाध्याय, खेलकुद अभियान्ता षडानन्द लामिछामे, कावासोती खेलकुद विकास समितिका अध्यक्ष ईन्द्रराज सिग्देल लगायतकाको सहभागिता रहेको थियो ।


प्रशिक्षणका क्रममा नवलपरासी र चितवनका सयौं विधार्थीले प्रशिक्षण लिने आयोजक गैँडाकोट तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष राजु भुषालले जानकारी दिनुभयो । प्रशिक्षण पछि नवलपुर र चितवनमा तेक्वान्दोका अनुशासित र देशभक्त नागरिक उत्पादन हुने आयोजकले विश्वास गरेको छ । कन्टिनेन्टल स्कुलका प्रचार्य विनोद पौडेलले स्वागत गर्नुभएको सो कार्यक्रम जिल्ला तेक्वान्दो संघ नवलपुरका अध्यक्ष एंब गैडाकोट तेक्वान्दो डोजाङका संस्थापक अध्यक्ष राजु भुषालको अध्यक्षतामा सम्पन्न भएको हो ।