३ दिने तेक्वान्दोको तालिम गैँडाकोटमा सम्पन्न ।

३ दिने तेक्वान्दोको तालिम गैँडाकोटमा सम्पन्न ।

गैँडाकोट, २५ माघ ।
३ दिने तेक्वान्दोको तालिम गैँडाकोटमा सम्पन्न भएको छ । पिस कर्प्र्स नामक सो तालिम मंगलबार सम्पन्न भएको हो ।

गैँडाकोट तेक्वान्दो डोजाड्ड र कन्टिनेन्टल तेक्वान्दो डोजाड्डको संयुक्त आयोजनामा तालिम समापन भएको हो । समापनका क्रममा तेक्वान्दा संघका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर ४ मा संयोजक कोशिष बहादुर खड्काले सहभागी समुहलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि खड्काले मन्तब्य राख्दै खेलकुदले नेपाललाई विश्वभर चिनाउन मद्धत पुर्याउने भन्दैं प्रशिक्षणमा सहभागि तेक्वान्दो खेलाडी तथा विधार्थीको उज्वल भविश्यको कामना गरेका छन् । कार्यक्रममा खेलकुद अभियान्ता षडानन्द लामिछाने, हरेराम सापकोटा, गैडाकोट–२ का वडाध्यक्ष धुब्रराम पौडेल लगायतले शुभकामना मन्तब्य राखेको थिए । कार्यक्रममा नेपाल तेक्वान्दो संघ चितवनका अध्यक्ष पुष्पराज जोशी, रुपन्देहीका अध्यक्ष दिपेन्द्र बुढाप्रित, तेक्वान्दो प्रशिक्षक कृष्णमान श्रेष्ठ, नर बहादुर थापा मगर लगायतको सहभागिता रहेको थियो ।

कन्टिनेन्टल इड्डलिस स्कुलका प्रधानाध्यापक विनोद पौडेलको धन्यबाद मन्तब्य तथा नेपाल तेक्वान्दो संघका सदस्य जगन्नाथ पौडेलको सहजिकरण रहेको सो कार्यक्रम तेक्वान्दो संघका अध्यक्ष राजु भुषालको अध्यक्षतामा सम्पन्न भएको हो ।