५ दिन देखि बेपत्ता युवा खरेलको खोजीको माग गर्दै अमरापुरीका स्थानियले गरे, नवलपुर प्रशासन अगाडी शान्तिपुर्ण धर्ना ।

५ दिन देखि बेपत्ता युवा खरेलको खोजीको माग गर्दै अमरापुरीका स्थानियले गरे, नवलपुर प्रशासन अगाडी शान्तिपुर्ण धर्ना ।

गैँडाकोट, राजन खरेल, २६ माघ ।

 

बेपत्ता युवा बालकृष्ण खरेलको खोजीको माग गर्दै अमरापुरीका स्थानियले आज जिल्ला प्रशासन कार्यलय नवलपुर अगाडी शान्तिपुर्ण धर्ना दिएका छन् । गत माघ २२ गते मध्यरात १२.०० बजे पछि आफ्नै घरबाट बेपत्ता भएका खरेल ५ दिन बितीसक्दा पनि कुनै पत्ता नलागेपछि अमरापुरीका स्थानियले शुक्रबार नवलपुर स्थित जिल्ला प्रशासन कार्यलय अगाडी शान्तिपुर्ण धर्ना गरेका हुन् । सो क्रममा उनिहरुले नवलपुरका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई बेपत्ता रहेका बालकृष्णको खोजिकार्यमा प्रशासनले पर्याप्त ध्यान दिनुपर्ने माग समेत राखेका छन् ।

स्थानिय संगको छलफलका क्रममा निमित्त प्रमुख समेत रहेका पौडेलले प्रशासनले सि.वि.आई संग समन्वय गरि सबै निकाय संगको सहयोग लिई खोजी कार्यगरेको बताएका थिए । प्रशासनले जनताको बाच्न पाउने अधिकारको सधै सम्मान गर्ने भन्दैं आफुहरु छिट्टै बेपत्ता युबाको बारेमा जानकारी हासिल गर्ने प्रतिबद्धता समेत जनाएको छलफलमा सम्मिलित स्थानिय समाजसेवी नन्दराम सापकोटाले बताएका छन् ।
आफ्नो निकटतम साथी घरैबाट बेपत्ता भएपछि स्थानिय युवाहरु सहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको जिल्ला समन्वय समिति नवलपुरका सदस्य बद्रि प्रसाद सापकोटाले बताएका छन् । अत्यन्तै मिलनसार र अनुसासित युबा खरेललाई अभिलम्ब खोजी गरि घर फर्काउन समेत स्थानियले माग गरेका छन् । शुक्रबार स्वर्तस्फुर्त रुपमा सयौंको संङ्ख्याका स्थानियहरु नवलपुर प्रशासन अगाडी उपस्थित भएका हुन् ।
आफ्नै घरबाट बेपत्ता भएका खरेलको कसैसंग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षिय युबा खरेल विगत ९ वर्ष देखि बैदेसिक रोजगारीका क्रममा स्पेनमा रहदैं आएका थिए । करिब २ महिना अघि मात्र प्रबासबाट घर फर्किएका उनको भोली पल्ट बिबाहको कार्यक्रम रहेको उनका जेठा दाजु केशब खरेलले सौराहा अनलाईनलाई जानकारी दिएका छन् । उनको खोजि गर्न दैनिक टोलटोलमा गस्तै तथा सोधपुछ गरिएपनि कुनै खबर नलागेकाले आफुहरु अत्यन्त चिन्तीत रहेको उनका दाजु केशबले बताएका छन्