अनुमतिविना विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि

काठमाडौं २ फागुन / अनुमतिबेगर विद्यालयमा अनुपस्थित हुने समस्या विश्वभरि नै छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले विद्यालयस्तरमा गरेको विश्वव्यापी सर्वेक्षणले ३० दिन विद्यालय खुल्दा औषतमा तीन जनामा एक जना विद्यार्थी अनुमतिविना अनुपस्थित हुने देखाएको छ । ३३ वटा देशमा गरिएको सर्वेक्षणमा यस्तो अवस्था सबैभन्दा बढी बहमा, उरुग्वे, ओमन र टोकेलौमा बढी छ ।

राजधानीमा सार्वजनिक गरिएको शिक्षामा जवाफदेहिता शीर्षकको विश्वव्यापी शैक्षिक अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ, “अनुमतिविना विद्यालयमा अनुपस्थित हुँदा विद्यार्थीहरुमा यसका तत्कालीन र दीर्घकालीन नकारात्मक असर पर्दछन् । टिकाउदर र बीचैमा विद्यालय छोड्ने समस्याका साथै न्याय प्रणालीसँग पनि यसको प्रत्यक्ष सम्बन्ध छ ।”

युनेस्कोका अनुसार सुविधाबाट बञ्चित बालबालिकामा अनुमतिविना अनुपस्थित हुने सम्भावना बढी हुने गरेको छ । युनेस्को काठमाडौँका शिक्षाविद् बलराम तिम्सिनाले भन्नुभयो, “यसको न्यूनीकरणका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।” धेरै देशमा विद्यालयमा विद्यार्थ