अमेरिकामा एक युवतीको आँखाबाट १४ वटा कीरा निस्किएपछि…

पोर्टल्यान्ड (एजेन्सी)– अमेरिकामा एक युवतीको आँखाबाट १४ वटा कीरा निस्किएको छ। एबी बेकले नाम गरेकी युवतीको आँखाबाट निस्किएको कीराको लम्बाइ आधा इन्चीसम्म रहेको छ। यसअघि यस्तो घटना जनावरमा मात्र पाइएकोमा पहिलो चोटि मानवमा देखिएको विज्ञहरुले बताएका छन्। यो घटनाले चिकित्सा विज्ञानलाई पनि आश्चर्यमा पारेको छ।  वैज्ञानिकहरुले ‘थेलाजिया गुलोसा’ नामक संक्रमणका कारण...