गैंडाकोट बन्यो चौथो चितवन च्याम्पियन

चितवन, २ फागुन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको बिजेता बनेको छ ।
भरतपुरको जुनियर प्रहरी अधिकृत तालिम केन्द्रको खेल मैदानमा बुधबार सम्पन्न फाइनलमा गैंडाकोटले जु फुटबल क्लबलाई मा ३–० गोल अन्तरले पराजित गरेको हो । बिजेता गैडाकोटले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँसहित ट्रफी पाएको छ । प्रतियोगताको उपविजेता बनेको जु फुटबल जुगेडीले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरेको छ । सेमी फाइनलबाट बाहिरिएका भरतपुर फुटबल क्लव र रामपुर फुटबल क्लबले नगद २५ हजार प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा पुर्व गृहमन्त्री शक्ति बस्नेत, सासंद कृष्णभक्त पोखरेल, वाईसियल नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा दिपसिखा, प्रदेश सभाका सासंदहरु बिजय सुबेदी, धनश्याम दाहाल, रामलाल महतो, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट र डिआईजी केदारमानसिह भण्डारीले पुरस्कार बितरण गरेका थिए । सोहि अबसरमा चितवनका चिकित्सक डा भोजराज अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
खेलमा उत्कृष्ट डिफÞेन्स जुगाडीका आशिष गुरुङ, उत्कृष्ट गोलरक्षक गैडाकोटका अनिस महतो, उत्कृष्ट मिडफिल्डर जुगेडीका गौरव बुढाथोकी, उत्कृष्ट खेलाडी जुगेडीका योगेश गुरुङ र सर्वा्धक गोलकर्ता जुगडीका सन्त (कान्छा) बहादुर गुरुङ घोषित भए । उनीहरुलाई नगद १० हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिएको थियो ।