जाँदाजाँदै सम्बन्धनको खेल

काठमाडौं २ फागुन / शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।

मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरूलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन । परिषद् स्रोतका अनुसार ‘विविध शीर्षक’ मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् । यसअघि मन्त्री श्रेष्ठले पनि प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता लागेकै बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिएका थिए ।

मन्त्रिपरिषद्को माघ ३ को बैठकको ७ नम्बर निर्णयमा भौगोलिक, जनसंख्या, आवश्यकतालाई मध्यनजर गर्दै नक्सांकन गरेर मापदण्ड पुगेका संस्थालाई मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने उल्लेख गरिएको थियो । ‘यी संस्थालाई सम्बन्धन उपयुक्त छ/छैन भन्ने स्वास्थ्य मन्त्रालय र योजना आयोगबाट सहमति र अध्ययनबिनै सम्बन्धन दिन लागिएको हो,’ स्रोतले भन्यो । यसको जानक