त्रिवि जग्गा हत्याउने प्रपञ्च विफल

काठमाडौं २ फागुन / त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण जोखिममा परेको एक सय २५ रोपनी जग्गा व्यक्तिका नाममा कायम गर्ने भूमाफियाको चलखेल सर्वोच्च अदालतको आदेशले असफल भएको छ ।

तत्कालीन नैकाप गाविस ५ मा त्रिविमातहत रहेको १ सय २५ रोपनी जग्गा संस्थाको नाममा सुरक्षित नगर्दा जोखिममा परेको थियो । सर्वोच्चले त्यस जग्गाको मालिक त्रिवि नै रहेको ठहर गरिदिएको छ ।
न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जग्गा त्रिवि मातहतमा रहेकाले व्यक्तिको नाममा हुन नसक्ने फैसला गरेको हो । त्यस जग्गामा भोगचलन गर्दै आएको बहानामा तुलसीराम पौडेल र कुन्दन गिरी आफ्नो नाममा हुनुपर्ने दाबी लिएर सर्वोच्च पुगेका थिए । सर्वोच्चले ‘विवादास्पद र कपटपूर्ण हक हस्तान्तरण गर्न खोजिएको’ भन्दै रिट नै खारेज गरिदिएको छ ।

गत भदौ ७ मा गरिएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा त्रिविमातहतको जग्गा व्यक्तिका कारण जोखिममा रहेको उल्लेख छ । उक्त जग्गा २१ कित्तामा बाँडिएको छ । दाताले दिएको जग्गा त्रिविले संरक्षण गर्न नसक्दा भूमाफियाको आँखा लागेको देखिन्छ । त्रिविका अह