त्रिवि हातामा दर्जन बढी गैरशैक्षिक संस्था

काठमाडौं २ फागुन / त्रिभुवन विश्वविद्यालयको जग्गामा गैरसरकारी संस्थासहित दर्जनभन्दा बढी गैरशैक्षिक संघसंस्था सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो दशकमा करिब १३ वटा यस्ता संघसंस्था सञ्चालनमा छन् । यसले विश्वविद्यालको शैक्षिक अस्तित्वमै खतरा उत्पन्न गराएको छ ।

स्रोतका अनुसार त्रिविको जग्गामा दर्जनभन्दा बढी संघसंस्था स्थापित भइसकेका छन् भने कतिपय स्थापना हुने क्रममा छन् । तर ती संस्थाले आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्न सकेका छैनन् ।
त्रिवि परिसरभित्र मेलम्ची खानेपानी आयोजना (२५ रोपनी जग्गा), नेपाल नेत्रज्योति संघ (१० रोपनी जग्गा) लायन्स क्लब, ब्लड ब्यांक, गणतन्त्र स्तम्भ (१७० रोपनी जग्गा), ल्याब्रोटरी स्कुल (१०८ रोपनी जग्गा), स्वास्थ्य मन्त्रालयअन्तर्गत आयुर्वेद रिसर्च सेन्टर, कीर्तिपुर बसपार्क, सार्वजनिक बास्केटबल, फुटबल ग्राउन्ड, नेपाल मंका खला (माओवादी सम्बद्ध संगठन), राष्ट्रिय खेलकुद परिषद्, (७० रोपनी जग्गा), क्रिकेट रंगशाला, नेपाल प्रहरी (पाँच रोपनी जग्गा) तथा काठमाडौं सेन्टर अफ रिसर्च एन्ड एजुकेसन (केसिआरई) जस्ता संस्था छन् । अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छु