शिक्षक व्यवस्थापनका सवालमा

शैक्षिक क्षेत्र आलोच्य बन्नुका कारण धेरै हुन सक्छन् । ती मध्ये शिक्षक नियुक्ति एउटा प्रमुख कारण स्विकार्नै पर्छ । विद्यालय तह देखि उच्च शिक्षा सम्मकै सन्दर्भलाई नियाल्दा हामी शिक्षक नियुक्तिकै विषयमा बढी चर्चा पाउँछौं । यो शिर्षकमा धेरै आन्दोलन भएका छन् । पैसाको चलखेलले व्यापकता यसैमा पाएको छ । समयमा शिक्षक सेवा आयोगले विज्ञापन गरेर नतिजा दिन नसक्नुको कारणले शिक्षण संस्थामा शिक्षकको स्थान पूरा गर्न कुनै उपाय खोज्ने संस्कार बन्यो । यो तरिका वैज्ञानिक भएन । भनसुन, राजनीति, पैसा, नाता गोता आदिको प्रभावमा अस्थायी, सट्टा, लियन, राहत लगायतका दर्जनौं प्रकारका शिक्षक नियुक्त भए । यसको अर्थ राम्रा, क्षमतावान, योग्य, दक्ष व्यक्ति शिक्षक भएन भन्न खोजिएको होइन । तर, धेरै नियुक्तिका मामिलामा स्वच्छ र योग्य छनौट प्रक्रिया संकटमा परेको तथ्य छोप्न मिल्दैन । सत्य तितो हुन्छ, तितो हुँदैमा हामी भाग्नु पर्दैन । मुख्य सवाल यही शिक्षक नियुक्तिको सवाललाई शैक्षिक स्तरीयतासँग जोडेर विश्लेषण गर्ने गरेको पाइन्छ ।

विगतमा भनसुनबाटै शिक्षक बन्ने बनाउने अनि छ महिना पछि स्वतः स्थायी हुने भन्दै शिक्षक निय