सप्तरीमा एचआइभी/एड्सबाट हालसम्म १३ जनाको मृत्यु, रोग लुकाउँदा संक्रमितको संख्या बढ्दो

राजविराज- सप्तरीमा ४६ वर्षीय एक पुरुषको एचआइभी/एड्सका कारण मृत्यु भएको छ। ६ महिनाअघि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सम्पर्कमा आएका उनको उपचारकै क्रममा मृत्यु भएको हो। रोजगारीका क्रममा भारतको नयाँ दिल्लीमा कार्यरत उनको गत मंसिर १२ गते मृत्यु भएको अस्पतालले जनाएको छ। दिल्लीमा कार्यरत रहँदा बिरामी परेको र रगत चढाउँदा...