अस्थायी शिक्षकको परीक्षा मिति तोकियो

भक्तपुर - शिक्षा ऐन नवौं संशोधन अनुसार शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षा मिति तोकेको छ ।

पटक पटक मिति तोकेर पनि स्थगित हुँदै आएको परीक्षा चैत २३ गते शुक्रबार गर्ने आयोगले निर्णय गरेको अध्यक्ष ताना गौतमले जानकारी दिए ।

उम्मेदवारहरुको स्वीकृत नामावली आयोगको वेवसाइट http://tsc.gov.np मा राखिएको छ । परीक्षा केन्द्र र प्रवेशपत्र वितरण सम्बन्धमा छुट्टै सूचना प्रकाशन गरिने आयोगले जनाएको छ ।

दरबन्दीमा ७५ प्रतिशत अस्थायी र २५ प्रतिशत मात्रै खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरी ऐनको नवौं संशोधन गरिएको थियो । यसले खुला प्रतिष्पर्धाका लागि शिक्षण लाइसेन्स लिएर वर्षौदेखि सेवा आयोगको विज्ञापन कुरिरहेका झण्डै ८ लाख विद्यार्थीलाई निराश बनाएको भन्दै आलोचना भएको थियो ।

आठौ संशोधन अनुसार १५ हजार ६ सय ९० जना अस्थायी शिक्षकले परीक्षा रोजेका थिए । ऐनमा भएको नवौं संशोधन पश्चात थप साढे सातहजार अस्थायी शिक्षक पनि परीक्षामा सहभागी हुन पाउँछन् ।

खुला प्रतिष्पर्धा हुँदा नयाँ जनशक्तिले अवसर पाउने र तिनबाट समय सापेक्ष