चार पटक प्रधानमन्त्री बनेका देउवाकाे पहिलो राजीनामा

चार पटक प्रधानमन्त्री बनेका देउवाकाे पहिलो राजीनामा

तीर्थ न्यौपाने/टिप्पणी
काठमाडौं ।

मुलुकमा चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले पहिलो पटक राजीनामा दिएका छन् । प्रधानमन्त्री देउवाले विहीबार देशबासीको नाममा सम्बोधन गर्दै पदबाट राजीना दिएका हुन् ।

प्रतिनिधिसभामा गृह जिल्ला डडेलधुराबाट २०४८ सालदेखि निरन्तर विजयी हुँदै आएका देउवा नेकपा एमालेको अल्पमतको सरकार ढालेर २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका थिए ।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विघटन गरेको प्रतिनिधिसभालाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि देउवालाई प्रधानमन्त्री बन्ने अवसर मिलेको थियो ।

अदालतको फैसलापछि प्रतिनिधिसभा पुनःस्थापना भयो र नेपाली काँग्रेसले अधिकारी नेतृत्वको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश ग¥यो । त्यसबेला कांग्रेसको सभापति तथा संसदीय दलको नेता गिरिजाप्रसाद कोइराला थिए । सभापति कोइराला आफू संसदीय दलको नेता भएपनि मनमोहन अधिकारीसँगको पारिवारीक सम्बन्धको कारण उनलाई हटाएर प्रधानमन्त्री बन्न चाहेनन्, । त्यही कारण देउवालाई प्रधानमन्त्री बन्ने मौका मिल्यो ।

संसदका विश्वासको मत लिन नसकेपछि अधिकारी सरकार ढल्यो र दोस्रो दल कांग्रेसले तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको साथमा सरकार बनाउन कसरत ग¥यो । त्यो कसरतको नेतृत्व देउवाले गरे, अनि उनी नै प्रधानमन्त्री बने ।

देउवा प्रधानमन्त्री देखि नै प्रधानमन्त्री विभिन्न बिवादमा पर्दै आएका छन् । पहिलो पटक प्रधानमन्त्री हुँदा उनले सांँसदले पजेरो गाडी ल्याउँदा भंसार शुल्क नलाग्ने निर्णय गरे । साँसदलाई सुविधा दिने निर्णयको मुलुकमा सर्वत्र आलोचना भएको थियो ।

प्रधानमन्त्री देउवालाई डा बाबुराम भट्टराईको नेतृत्वमा माओवादीले सन् १९५० को सन्धी खारेज हुनुपर्ने लगायतका ४१ बुँदे ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्री देउवाले त्यसलाई ठाडैै अस्वीकार गरे । माग सुनुवाई नभएपछि माओवादीले २०५२ साल फागुन १ गते ‘मुलुकमा जनयुद्ध गर्ने’ घोषणा गर्यो ।

एमालेको अल्पमतको सरकार ढालेर प्रधानमन्त्री बनेका देउवाको पहिलो कार्यकाल नै त्यति सहज भएन । उनी जसरी अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री भए, आफलेू पनि त्यसैगरी प्रधानमन्त्री पद छोड्नु प¥यो । एमालेले राप्रपासँग सरकार निर्माणको समीकरण बनायो । संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश गरियो अनि देउवा पदबाट स्वतः बाहिरनु पर्यो ।

देउवा दोस्रो पटक २०५८ साल साउनमा प्रधानमन्त्री बने । डोल्पा सरकुकाम दुने आक्रमणपछि शसस्त्र युद्ध चर्मोत्कर्षमा पुगेको थियो । रोल्पाको होल्लेरी घटनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिए । माओवादी समस्या समाधान गर्ने प्रतिवद्धतासहित देउवा प्रधानमन्त्री बने । प्रधानमन्त्री भएपछि देउवाले माओवादीसँगको वार्तालाई जोड दिए । विभिन्न ठाउँमा पटक पटक गरिएको वार्ता असफल भयो । माओवादीले वार्ता भंग गरेर दाङ र सोलुमा सेनाको व्यारेकमा आक्रमण गर्यो, त्यसपछि स्याङ्जासहित अन्य विभिन्न ठाउँमा जिल्ला आक्रमण भए ।

माओवादीले सेनाको ब्यारेक र जिल्ला सदरमुकाम आक्रमण गर्न थालेपछि सरकार २०५८ साल मंसिर ११ गते मुलुकमा ३ महिनाको लागि संकटकाल घोषणा गर्यो । माओवादी विरुद्ध सेना परिचालन गरियो । ३ महिनापछि संकटकालको म्याद थप्ने बारेमा संसदमा सत्ता पक्षमै विवाद भयो । प्रतिपक्ष एमालेले संकटकाल थप्न सहमति दियो तर सत्ता पक्ष अधिकांश सांसदहरुले त्यसको विरोध गरे ।

संकटकाल अनुमोदनमा सत्ता पक्षमै विवाद भएपछि प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा विघटन गरेर संसदीय निर्वाचनको घोषणा गरे । संसद विघटनपछि सत्तापक्षबीचको विवाद झ्न चर्कियो, त्यही कमारण प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसलाई विभाजन गरे, अनि आफ्नो नेतृत्वमा नेपाली काँग्रेस प्रजातान्त्रिक स्थापना गरे ।

सशस्त्र युद्ध झन् चर्किदै गएको थियो । मुलुकमा निर्वाचन हुन सक्ने स्थिति थिएन, त्यहीकारण प्रधानमन्त्री देउवाले राजा ज्ञानेन्द्रसमक्ष निर्वाचन सार्ने प्रस्ताव गरे । तर राजाले २०५९ असोज १८ गते देउवालाई प्रधानमन्त्रीबाट बर्खास्त गरे ।

राजाले प्रधानमन्त्रीलाई बखौस्त गरेपछि सत्तारुढ कांग्रेस र प्रतिपक्ष एकमाले एउटै कितमा उभिए । मुलुकमा संसद पुनःस्थापनाको मागसहित प्रजातन्त्रको लागि आन्दोलन शुरु भयो । त्यसबीचमा राजाले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए तर कांग्रेस र एमालेले आन्दोलनलाई निरन्तरता दिए । उता माओवादी द्वन्द्व पनि चर्किरहेको थियो । राजनीतिक समस्या झन् बल्झिँदै गएपछि राजाले सूर्यबहादुरलाई हटाएर देउवालाई प्रधाानमन्त्री बनाए । देउवा सरकारमा एमाले पनि सहभागी भयो ।

देउवा सरकार मुलुकमा शान्ति कायम गर्न सकेन, राजा ज्ञानेन्द्रले देउवालाई पुन असक्षम जाउँदै २०६१ माघ १९ गते प्रधानमन्त्रीबाट दोस्रो पटक बर्खास्त गरे । राजाबाट २ पटक असक्षमको बिल्ला झिराइएपछि जनमामानसमा देउवाप्रति धारणा नै नकारात्क बनेको छ ।

देउवाले दोस्रो पटक प्रधानमन्त्री हुँदा कमैयालाई मुक्त गराए जातीय छुवाछुत पूर्ण रुपमा अन्त्य भएको घोषणा गरे । जग्गामा हदबन्दी गराए । एउटा व्यक्तिको नामा तराईमा १० बिगाहा, काठमाडौमा २५ रोपनी र पहाडमा ७५ रोपनी भन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था भयो ।

प्रधानमन्त्री देउवाको चार वटै नेतृत्वकाल उतारचडाव पूर्ण रह्यो । देउवा प्रधानमन्त्री हुँदा जनमानसमा जहिलेसुकै अब केही नराम्रोृ भइरहल्छ कि भन्ने शंका उत्पन्न भइरह्यो । उनलाई राजाले २ पटक पदबाट बर्खास्त गरेको हुनाले पछिल्लो अर्थात् चौथो पटक प्रधानमन्त्री हुँदा पनि धेरैलाई उनले निर्वाचन गराृउन सक्दैनन कि भन्ने लागेको थियो । तर देउवाकै नेतृत्वकालमा स्थानीय तहको तेस्रो चरणको र प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भयो, प्रतिपक्ष लगायतका अन्य दलले त्यसप्रति औपचारिक रुपमा जस नदिए पनि त्यसको श्रेय उनी आफैले लिँदै आएका छन । मुलुकमा तीन वटै निर्वाचन सम्पन्न भएकोमा देउवाले आफूलाई गौरवान्भित ठान्दै आएका छन् । विहीबारको सम्बोधनमा पनि उनले त्यो उल्लेख गरेका छन् ।