चितवन च्याम्पियनसिपको उपाधि गैंडाकोटलाई

भरतपुर । गैँडाकोट फुटबल क्लबले चितवनमा जारी चांैथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार भरतपुरस्थित प्रहरी तालिम केन्द्रको खेल मैदानमा सम्पन्न फाइनलमा जू फुटबल क्लब जुगेडीलाई ३–० गोलअन्तरले पराजित गर्दै गैंडाकोटले उपाधि जितेको हो । विजेता गैंडाकोटले दुई लाख २२ हजार २२२ नगदसहित ट्रफी जितेको छ । उपविजेता गैंडाकोटले नगद एक लाख ११ हजार १११ प्राप्त ग¥यो ।
त्यस्तै सेमिफाइनलिस्ट दुई टिम भरतपुर फुटबल क्लब र रामपुर फुटबल क्लबले नगद २५–२५ हजार प्राप्त गरे । समापन कार्यक्रममा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, सांसद् कृष्णभक्त पोखरेल, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, प्रदेशसभाका सांसदहरु विजय सुवेदी, धनश्याम दाहाल, रामलाल महतो, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र डीआईजी केदारमानसिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
समापन कार्यक्रममा चितवनका चिकित्सक डा भोजराज अधिकारीलाई पनि सम्मान गरिएको आयोजक एभरेष्ट क्लब चितवनका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । खेलमा उत्कृष्ट डिफÞेन्स जुगेडीका आशीष गुरुङ, उत्कृष्ट गोलरक्षक गैंडाकोटका अनिश महतो, उत्कृष्ट मिडफिल्डर जुगेडीका गौरव बुढाथोकी, उत्कृष्ट खेलाडी जुगेडीका योगेश गुरुङ र सर्वाधिक गोलकर्ता जुगेडीका सन्त (कान्छा) बहादुर गुरुङ घोषित भए । उनीहरुलाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो । चितवनको सर्वाधिक पुरस्कार राशी रहेको जिल्लास्तीय खेलमा १६ समूहको सहभागिता रहेको थियो ।

The post चितवन च्याम्पियनसिपको उपाधि गैंडाकोटलाई appeared first on चितवन पोष्ट.