शिक्षा मन्त्रीको चलखेल विफल

काठमाडौं ३ फागुन / मापदण्ड र प्राविधिक नक्सांकनबिनै नर्सिङ कलेजलाई सम्बन्धन दिने शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रयास विफल भएको छ । सीटीईभीटीमा छलफलै नगरी सम्बन्धन प्रस्ताव गरिएका संस्थाको विवरणमाथि विवाद भएपछि बुधबार मन्त्रालयमा डाकिएको बैठक अघि बढ्न सकेन ।

सम्बन्धनबाहेक अन्य विषयमा निर्णय लिने भनी डाकिएको बैठकमा सहभागी हुन सीटीईभीटी परिषद् सदस्यहरू मन्त्रालय पुगेका थिए । सीटीईभीटी सम्बन्धन महाशाखा प्रमुख जीवनारायण
काफ्लेले सीटीईभीटीमा छलफलै नगरी सम्बन्धन दिइने संस्थाको विवरण पेस गरेकामा सदस्यसचिव पुष्परमण वाग्लेले रुजु गरेपछि मात्रै निर्णय लिनुपर्ने अडान राखेकाले बैठक अघि बढ्न नसकेको परिषद्का एक सदस्यले बताए । ‘मन्त्रीले अहिलेसम्मको नर्सिङको अवस्था के–के छ, ल्याउनु भनेका थिए,’ उनले भने, ‘सीटीईभीटीका कर्मचारीले भेरिफाई गर्न समय लाग्छ, आज सकिँदैन भनेपछि बैठक बस्नै सकेन ।’ बैठकमा पदबाट बाहिरिनुअघि आर्थिक चलखेल गरेर सम्बन्धन दिने श्रेष्ठको उद्देश्य प्रस्टिएको अर्का एक सदस्यले बताए ।

बिहीबार अपराह्नसम्म नर्सिङको विवरण मन्त्रील