शिक्षा मन्त्रालय छाड्दै गर्दा मनभरी ‘कुण्ठा’ !

काठमाडौं - आफ्नो कार्यकालमा केही पत्रिका र पत्रकारको 'कोपभाजनमा' परेको भन्दै गोपालमान श्रेष्ठले मन्त्रालय छाड्दै गर्दा 'कुण्ठा' व्यक्त गरेका छन् ।

शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजिनामा दिए सँगै शिक्षा मन्त्रालयले आफ्ना मन्त्री गोपालमान श्रेष्ठ र राज्य मन्त्री शेषनाथ अधिकारीलाई विदाई गर्न आयोजित कार्यक्रममा श्रेष्ठले उक्त कुण्ठा व्यक्त गरेका हुन् । राम्रो काम गर्न खोज्दा पनि मिडियाले सँधै 'लुछेको लुछ्यै' गरेर हैरान पारेको भन्दै उनले सञ्चारकर्मी प्रति कटाक्ष गरे ।

'यहाँ कोही पत्रकार पनि छन् ?' भन्दै सम्बोधनको शुरुवात गरेका श्रेष्ठले आफूले संधै विधि अपनाएर काम गर्न खोज्दा पनि पत्रिका र पत्रकारको कोपभाजनमा परेको बताए ।

'म त विद्धानहरुसँग संगत गर्न पाहिएला भन्दै केही राम्रो गर्ने सपना बोकेर आफैंले रोजेर शिक्षा मन्त्रालय आएको थिएँ' उनले भने, 'तर केही पत्रिका र पत्रकारको कोपभाजनमा परेँ ।'

अस्थायी शिक्षक समस्या समाधान गर्ने नाममा सार्वजनिक शिक्षा ध्वस्त बनाउने गरी आफ्ना कार्यकर्ता रिझाउन उनको स्वार